एनआईसीको २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 09:07:46 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले संचालन गरेको सामुहिक लगानी कोष योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ २४ गते अन्तिम दिन रहेको छ । लाभांश बितरणको लागि क्यापिटलले  भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २४ गतेसम्म कायम इकाईधनीले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश पाउँन सक्ने छन्। 

क्यापिटलले यस अघि नै एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरिसकेको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई २५ करोड ५ लाख ६० हजार र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीलाई २२ करोड ६५ लाख रुपैयाँ बराबरको प्रतिफल बितरण गर्ने छ  । 

क्यापिटलले संचालन गरेको अर्को योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने छन् । यसको बुक क्लोज भने यस अघि नै भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved