सानिमा माई हाइड्रोको लाभांश घोषणा, साधारणसभा र बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 10:28:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रोपावर लिमिटेड Sanima Mai Hydropower  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार सम्पन्न संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  कम्पनीले कार्तिक ११ गते साधारणसभा आह्वान गरेको छ साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved