एक्सेल डेभलमेन्ट बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 10:55:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एक्सेल डेभलमेन्ट बैंक Excel Development Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य ७६२.६८ रुपियाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १०५३ रुपैयाँ रहेको थियो 

कम्पनीले साधारणसभा र हकप्रद प्रयोजनको लागि आज असोज १ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश र हकप्रद पाउँन सक्ने छन् । 

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

कम्पनीले असोज १६ गते शनिवार बिर्तामोडको सिद्धार्थ होटेलमा आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन्  । त्यस्तै प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । त्यस्तै अन्य उपयुक्त संस्थासंग गाभ्ने गाभिनेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved