तेह्रथुम पावरको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 02:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी प्रेस विज्ञप्ती ः

तेह्रथुम पावर कम्पनीले नेपाल बंगलादेश क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । शेयर रजिष्ट्रार नियुक्ति सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् । 

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।

अव चांडो भन्दा चांडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved