६१ अंकले घट्यो नेप्से, फाइनान्स र हाइड्रो समुहमा धेरै गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 03:24:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २३३ कम्पनीको १ करोड४४ लाख ९४ हजार २ सय ६० कित्ता शेयर खरिद बिक्रिबाट ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँ ४३ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ३३ करोड ९५ लाख बराबरको कारोबार भएको छ । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयरको ३१ करोड ८८ लाख, नेपाल बैंकको २१ करोड ३४ लाख, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख र नेशनल हाइड्रोको १७ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ भने हाइड्रो समुह ४.३० प्रतिशतले घटेको छ । म्युचुअल फण्ड समुह ०.२१ प्रतिशतले बढेको हो ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मैलुंङ्ग खोला हाइड्रोको शेयर मूल्य ६.०३ प्रतिशतले बढेको छ । आज आईसीएफसी  फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ८.९८ प्रतिशतले घटेको छ भने घलेम्दी हाइड्रोको शेयर मूल्य ७.९६ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको मात्र मूल्य बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved