रिडी हाइड्रोको साधारणसभा आह्वान, रैराङ हाइड्रोलाई गाभ्ने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 08:15:30 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी Ridi Hydropower Development Company  ले  साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २२ गते भर्चुअल मध्यमबाट साधारणसभा आह्वान गरेको हो।

सभामा लाभांश सहितक विभिन्न प्रस्ताव पेश हुने छन् । कप्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । त्यस्तै सभामा रिडी हाइड्रोले रैराङ हाइड्रोलाई गाभ्ने/प्राप्ति गर्ने विशेष प्रस्ताव पेश हुने छ । सभामा कम्पनीको उदेश्य थप गर्ने प्रस्ताव समेत पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved