मध्य भोटेकोशी आईपिओ रिभ्यु : बिजुली बेचेर यसै वर्ष १ अर्ब र अर्को वर्ष झन्डै ३ अर्ब कमाउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 07:32:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो  

९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन हुने छ । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिसम्ममा आवेदन नपरे कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने छ 

 कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन्  । यदि आवेदन दिएमा रद्द हुने छ  । 

कम्पनी परिचय 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.३, महाराजगंज, काठमाडौंमा रहेकोछ ।  कम्पनीले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मे.वा.) निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य मिति २०७० माघ २८ बाट प्रारम्भ भएको र सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदी विद्युत उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा रहेको छ ।

शेयर संरचना 

कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि. र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. संस्थापक शेयरधनी रहेका छन्। कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ३७ प्रतिशत चिलिमे जलविद्युत कम्पनी लिमिटेडलाई, १० प्रतिशत नेपाल विद्युत प्राधिकरणलाई, १ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि.लाई, १ प्रतिशत सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.लाई, १ प्रतिशत नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.लाई र १ प्रतिशत आयोजनामा घरजग्गा परी अति प्रभावित मानिएका घरपरिवारबाट गठन भएको कम्पनी सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडलाई रहेको छ । त्यस्तै १ प्रतिशत ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुलाई, ३.५ प्रतिशत संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई, १९.५ प्रतिशत कर्मचारी सञ्चयकोषका संचयकर्ताहरुलाई आ.व. २०७५र७६ मा निष्कासन गरी मिति २०७५र०९र०४ गते बाँडफाँट कमिटिबाट बाँडफाँट भइसकेको छ । साथै आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई १० प्रतिशत शेयर बाँडफांड भैसकेको छ। हाल सर्वसाधारणलाई १५ प्रतिशत धितोपत्र निष्कासन गरिन् लागेको हो । 

पुँजी संरचना 

कम्पनीको अधिकृत पुंजी  ६ अर्ब एक्काइस करोड रुपैंया रहेकोछ । कम्पनीको जारी पुँजी छ अर्व रुपैंया रहेको छ । कम्पनीले आफ्नो जारी पुँजी मध्ये  चार अर्व पचास करोड  संस्थापक शेयरधनीहरु तथा कर्मचारी सञ्चयकोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक संगठित संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुबाट चुक्ता भईसकेको जनाएको छ । एक अर्व पचास करोड बराबरको शेयर सार्वजनिक शेयर निष्कासनद्वारा स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई जारी हुनेमा स्थानीयलाई ६० करोड बराबरको शेयर निष्काशन भईसकेको छ र सर्बसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन हुन् लागेको हो ।  

आधारभूत शेयरधनी र संचालकको विवरण 

कम्पनीको आधारभुत शेयरधनीमा चिलिमे जलविद्युत कम्पनी लि, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. , सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि., र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. रहेका छन् । कम्पनीको संचालकहरुमा हरराज न्यौपान (प्रतिनिधि ः चिलिमे जलविद्युत कम्पनी लि.), लेखनाथ कोइराला (प्रतिनिधि ः चिलिमे जलविद्युत कम्पनी लि.), ध्रुव भट्टराइ (प्रतिनिधिःकर्मचारी सञ्चय कोष), तुलसी राम ढकाल (प्रतिनिधि ः चिलिमे जलविद्युत कम्पनी लि.), सुभाष कुमार मिश्र (प्रतिनिधि ः चिलिमे जलविद्युत कम्पनी लि.), श्रीराम राज पाण्ड (प्रतिनिधि ः नेपाल विद्युत प्राधिकरण) र  नरेश लाल श्रेष्ठ (प्रतिनिधि ः सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा. लि.) रहेका छन्  । कम्पनीको अध्यक्ष हरराज न्यौपाने हुन्  । हाल कम्पनीमा स्वतन्त्र सञ्चालकको पद रिक्त रहेको छ । 

कम्पनीले सञ्चालक समितिका सदस्य लगायत आमन्त्रित सबैलाई प्रति बैठक भत्ता रु. ५,०००, सञ्चालकहरुलाई यातायात तथा सञ्चार सुविधा (मासिक) रु. २,५००, सञ्चालक समितिले गठन गरेको समितिको बैठक बस्दा प्रति बैठक भत्ता रु. ३,००० र कार्यकारी प्रमुखले गठन गरेको उप–समितिको प्रति बैठक भत्ता रु. १,५०० प्रदान गर्ने गरेको छ  । 

उच्च ब्यबस्थापन विवरण 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी रहेका छन् । उनीसंग नेपाल विद्युत प्राधिकरणमा रही विद्युत व्यवसाय÷जलविद्युत क्षेत्रमा ३२ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ। उनी नेपाल विद्युत प्राधिकरणबाट निर्देशकको पदबाट अवकाश प्राप्त हुन्  । उनी २०७७÷१२÷०९ गते देखि मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. को प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

कम्पनीको प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठ, निमित्त आयोजना प्रमुख सूर्यनाथ भुर्त्याल, योजना तथा करार प्रशासन महाशाखा प्रमुख राम प्रसाद सिलवाल, र  कम्पनी सचिव/बित्त महाशाखा प्रमुख भरत समशेर भट्टराई रहेका छन्  । कम्पनीमा ३ जना स्थायी, र १४८ जना अस्थायी गरि कुल १५१ जना कर्मचारी रहेका छन् । 

बीमा विवरण 

कम्पनीले आयोजनाको लट नं. १ः सिभिल तथा हाईड्रो मेकानिकल निर्माणको सगरमाथा इन्सुरेन्स लि. बाट Contract Value (ने.रु.२,५७९,४०७,९७८।( र अमेरीकन डलर ६२,०९१,६७४।१४) बराबरको बीमा गरेको छ। त्यस्तै आयोजनाको लट नं. २ः ईलेक्ट्रोमेकानिकल निर्माणको प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल) लि. बाट contract value  (ने.रु.४०७,०४४,४१७।८७ र अमेरीकन डलर २०,४६१,२५३।६७) बराबरको बीमा गरेको छ। आयोजनाको परामर्शदाता संस्था  Tractebel Engineering GmbH, Germany  ले आयोजना निर्माणको सुपरिवेक्षण गर्ने कार्यको जिम्मा लिइ फ्रान्सेली बिमा कम्पनी AXA Corporate Solutions Assurance संग  USD 8.05 Million बराबरको मिति जून ३०, २०२१ सम्म म्याद रहेकोf] Liability Insurance गरेको छ ।

धितोपत्र निष्कासनबाट प्राप्त पुँजीको उपयोग 

कम्पनी सर्बसाधारण र स्थानीयलाई आईपिओ निष्काशन गरेर उठेको डेढ अर्ब रकम निम्न अनुसार उपयोग गर्ने उल्लेख गरेको छ । सिभिल तथा हाइड्रो मेकानीकल कार्यको लागि १ अर्ब, इलेक्ट्रो मेकालिकल कार्यको लागि ३० करोड , २२० केभि ट्रान्समिसन लाइनको निर्माण कार्यको लागि १० करोड, परामर्शदाताको खर्चको लागि ५ करोड र आयोजना संचालन खर्चको लागि ५ करोड उपयोग गरिने उल्लेख गरेको छ ।

आयोजना सम्पन्न हुनु पर्ने मिति 

  कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मे.वा.) बाट उत्पादन हुने विद्युत खरिद–बिक्री सम्बन्धी संशोधित सम्झौता ( Power Purchase Agreement, PPA) को दफा १(ज) अनुसार विद्युत उत्पादन शुरु गर्नुपर्ने मिति (Required Commercial Operation date, RCOD) २०७८।०८।१४ रहेको छ  । सोहि मितिमा आयोजना सम्पन्न गर्ने लक्ष्यसाथ कार्य भइरहेको कम्पनीले जनाएको छ ।

वित्तीय विवरण 

२०७७ असार मसान्तसम्मको वासलात अनुसार कम्पनीको जम्मा 'पुँजी तथा दायित्व' र 'खुद सम्पति' ९ अर्ब ४९ करोड रहेको छ  । यस अवधिमा कम्पनीको खुद नोक्सानी ५ करोड ५० लाख रहेको छ  । 

आर्थिक वर्ष ७३/७४ देखि आर्थिक वर्ष ७६/७७ सम्मको लेखापरिक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी क्रमश २ करोड १० लाख, १ करोड ५९ लाख, ५ करोड १० लाख र ५ करोड ५० लाख रहेको थियो  । आन्तरिक लेखापरिक्षकले प्रमाणित गरेको २०७७ पौष मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी २ करोड ३४ लाख रहेको छ । 

कम्पनीले यसै वर्षदेखि आयोजना सम्पन्न हुने र बिद्युत बिक्रिबाट आम्दानी हुन् थाल्ने भएकोले आर्थिक वर्ष ७७/७८ देखि कम्पनी नाफामा जाने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८. ७८/७९ र ७९/८० मा कम्पनीको आयकर कट्टीगरे पछिको खुद नाफा  क्रमश २९ करोड ९८ लाख, ९० करोड ४३ लाख, र १ अर्ब २८ करोड हुने प्रक्षेपण गरेको छ । 

कम्पनीले आर्थिक वर्ष ७७/७८ , ७८/७९ र ७९/८० मा विद्युत बिक्रिबाट क्रमश १ अर्ब ६ करोड, २ अर्ब ९३ करोड र ३ अर्ब २ करोड आम्दानी गर्ने प्रक्षेपण गरेको छ । 

प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण 

आर्थिक वर्ष ७३/७४, ७४/७५७५/७६ र ७६/७७ मा कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी क्रमश  ०.७३ रुपैया ऋणात्मक, ०.५२ रुपैयाँ ऋणात्मक,  १ रुपैयाँ १३ पैसा ऋणात्मक र १.२२ रुपैयाँ ऋणात्मक रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९  र ७९/८० मा कम्पनीले आफ्नो प्रतिशेयर आम्दानी क्रमश ५ रुपैयाँ, १५.०७ रुपैयाँ र २१.३६ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

आर्थिक वर्ष ७३/७४, ७४/७५७५/७६ र ७६/७७ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ क्रमश  ९६.१० रुपैया , ९५.८२ रुपैयाँ ,  ९५.६१ रुपैयाँ र  ९४.३९ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९  र ७९/८० मा कम्पनीले आफ्नो प्रतिशेयर नेटवर्थ  क्रमश १००.७९ रुपैयाँ, ११५.८६ रुपैयाँ र १३७.२२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

उल्लेखित वित्तीय विवरणहरु G.R.K. & Associates, चार्टर्ड एकाउन्टेण्ट्स, कलंकी, काठमाडौंका चार्टड एकाउन्टेन्ट गिरिराज कंडेलले प्रमाणित गरेका छन् । 

शेयर प्रत्याभूति र बिक्रि प्रबन्धक विवरण

कम्पनीले निष्काशन गरेको शेयर यदि पूर्ण बिक्रि नभए बिक्रि नभएको शेयर नागरिक लगानी कोषले खरिद गर्ने गरि प्रत्याभूति सम्झौता भएको छ । यस सेवा प्रदान गरे वापत कम्पनीले कोषलाई १७ लाख ५० हजार प्रदान गर्ने छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सह बिक्रि प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, प्रभु क्यापिटल , सानिमा क्यापिटल, र सीबीआईएल क्यापिटल रहेका छन् । निष्काशन तथा बिक्रि प्रबन्धक सेवाको लागि कम्पनीले १२ लाख प्रदान गर्ने छ। 

ऋण विवरण 

कम्पनीले आयोजना निर्माण गर्न संस्थापक शेयरधनीहरुबाट चुक्ता भएको पुँजी तथा कर्मचारी सञ्चयकोषबाट प्राप्त ऋण रकम समेत आयोजनाको निर्माणका लागि ब्यवस्था गरिएको छ । कर्मचारी संचयकोषसँग भएको ऋण सम्झौतामा उल्लेख भएका कर्जा सम्बन्धी केही मुख्य विवरणहरूः

शुरु कर्जा रकम

कर्जा लिन सकिने जम्मा रकमः

दीर्घकालीन कर्जा–१ः रु.६,१४१,६५०,०००।– (मिति २०६८।०८।२२ गतेको ऋण सम्झौता अनुसार)

दीर्घकालीन कर्जा–२ः रु.२,७४,६९,९०,०००।– (मिति २०७७।०४।१४ गतेको पूरक ऋण सम्झौता अनुसार)

दीर्घकालिन कर्जा(कुल)ः रु.८,८८,८६,४०,०००।– (आठ अर्ब अठासी करोड छयासी लाख चालिस हजार मात्र)

हालसम्म लिइएको कर्जा रकमः रु.३,८७,७०,८०,०००।– (तीन अर्ब सतासी करोड सत्तरी लाख असी हजार)

कर्जाको भुक्तानी अवधि

दीर्घकालीन कर्जा–१ः २० (बीस) वर्ष (निर्माण अवधि १० वर्ष सहित कर्जा भुक्तानी अवधि २० वर्ष रहेको)

दीर्घकालीन कर्जा–२ ः १५ (पन्ध्र) वर्ष (निर्माण अवधि १० वर्ष सहित कर्जा भुक्तानी अवधि १५ वर्ष रहेको)

कर्जा भुक्तानीको तरिका 

ब्याज भुक्तानी

१. आयोजनाको व्यापारिक उत्पादन पश्चात ऋणी कम्पनीले कोषलाइ कर्जाको ब्याज त्रैमासिक रुपमा आश्विन, पौष, चैत्र र आषाढ मसान्तमा भुक्तानी गर्नेछ ।

२. ऋणी कम्पनीले कोषलाई नियमित रुपमा ब्याज भुक्तानी नगरेमा उक्त भुक्तानी नभएको ब्याजमा भुक्तानी नभएको अवधिको लागि निर्धारित ब्याजदरमा थप २ प्रतिशत हर्जाना ब्याज तिर्नेछ ।

३. त्रैमासिक ब्याजदर बुझाउने भाखा नाघेको ३ (तीन) महिनाभित्र पनि ऋणी कम्पनीले ब्याज नबुझाएमा त्यस्तो ब्याज बुझाउन कोषले चिलिमे जलविद्युत कम्पनीलाई जानकारी दिनेछ । चिलिमे जलविद्युत कम्पनीले जानकारी प्राप्त भएको मितिले सात दिन भित्र कोषलाई ऋणी कम्पनीले बुझाउनु पर्ने ब्याज भुक्तानी गर्ने÷गराउनेछ ।

साँवा भुक्तानी

१. कोषले ऋणी कम्पनीलाई उपलब्ध गराएको कर्जाको साँवा ब्याज देहाय बमोजिम भुक्तानी गर्नेछः

(क) दीर्घकालीन कर्जा(१ को हकमा आयोजनाको व्यापारिक उत्पादन शुरु भएको मिति पछिको त्रैमासबाट कर्जाको किस्ता प्रारम्भ हुने गरी कर्जाको किस्ता प्रारम्भ भएको मितिले १० (दश) बर्षभित्र,

(ख) दीर्घकालीन कर्जा(२ को हकमा आयोजनाको व्यापारिक उत्पादन प्रारम्भ भए पश्चात कम्पनीको नगद प्रवाहको आधारमा एकमुष्ट वा किस्ताबन्दीमा पटक पटक गरी व्यापारिक उत्पादन प्रारम्भ भएको मितिले अधिकतम ५ बर्ष भित्र,

(ग) प्रत्येक बर्षको आश्विन, पौष, चैत्र र आषाढ मसान्तमा किस्ता तिर्नुपर्ने गरी किस्ता प्रारम्भ हुने मितिको सावाँ र पूँजिकृत व्याज सहितको कुल कर्जा रकमको आधारमा दीर्घकालीन कर्जा(१ र दीर्घकालीन कर्जा(२ को कोषले अलग अलग भुक्तानी तालिका बनाउनेछ ।

२. ऋणी कम्पनीले ऋण सम्झौतामा उल्लेखित कर्जा फिर्ता भुक्तानी तालिकामा समावेश भएको भन्दा बढी रकम अग्रिम भुक्तानी Pre-Payment गरेमा यसरी अग्रिम भुक्तानी गरेको रकममा १५ बर्ष पुग्न बाँकी अवधिको लागि बार्षिक २ (दुई) प्रतिशतका दरले अग्रिम भुक्तानी शुल्क बुझाउने छ । तर व्यापारिक उत्पादन शुरु भएको ५ बर्ष अघि ऋणी कम्पनीले कोषको स्वीकृति नलिई अग्रिम भुक्तानी गर्न पाउने छैन ।

३. भुक्तानी तालिका अनुरुप तोकिएको मितिबाट १५ दिन भित्र ऋणी कम्पनीले साँवा किस्ता नबुझाएमा त्यस्तो साँवा बुझाउन कोषले चिलिमे जलविद्युत कम्पनीलाई जानकारी गर्नेछ । चिलिमे जलविद्युत कम्पनीले जानकारी प्राप्त भएको सात दिन भित्र त्यस्तो साँवा रकम कोषलाई भुक्तानी गर्ने÷गराउनेछ ।

४. ऋण कम्पनीले तोकिएको समयमा साँवा किस्ता भुक्तानी नगरेमा भुक्तानी नभएको अवधिको लागि भाका नाघेको साँवा किस्ताका निर्धारित ब्याजदरमा थप २ प्रतिशत हर्जाना ब्याज बुझाउनु पर्नेछ ।

५. ऋणी कम्पनीले बुझेको रकमबाट कोषले साँवा ब्याज हिसाबमिलान गर्दा प्राथमिकताको आधारमा पेनाल ब्याज, साधारण ब्याज, ब्याजमाथीको ब्याज, र साँवा क्रमशः घटाउने ।

किस्ता रकम

आयोजना निर्माण अवधि सम्पन्न भए पछि मात्र ऋण भुक्तानीको लागि किस्ता निर्धारण गरी भुक्तानी गर्ने व्यवस्था भएको ।

ब्याज दर

कर्जाको बार्षिक ब्याजदर ९.७५ (नौदशमलब पचहत्तर) प्रतिशत हुनेछ । वित्तीय बजारमा प्रचलित कर्जाको ब्याजदरलाई समेत दृष्टिगत गरी ऋण सम्झौता भएको मितिलाई आधारमानी बार्षिक रुपमा ब्याजदर पुनरावलोकन गरिने ।

हालसम्म भुक्तान गरेको कर्जा रकम

आयोजना निर्माण अवधि भएकोले हालसम्म भुक्तानी नभएको ।

बाँकी रकम

IDC सहित बाँकी ऋण रकमः रु.५,७०,१८,०१,७५३।०१ (पाँच अर्ब सत्तरी करोड अठार लाख एक हजार सात सय त्रिपन्न रुयैयाँ पैसा एक मात्र) ( २०७७ चैत्रसम्मको)


आयोजना सम्पन्न गर्नको लागि बाँकि रहेको काम (२०७७ चैत्र मसान्त गतेसम्मको विवरण अनुसार )

सिभिल तथा हाइड्रोमेकानिकल कार्यतर्फ Desander को कंक्रिटिंगको कार्य, Pressure Conduit को कंक्रिटिंगको कार्य,  हेडरेस टनेलको Lining को कार्य, सर्ज ट्यांकको Lining को कार्य, पेनस्टकको Steel Lining को कार्य,  पावर हाउसमा मा केही बाँकी सिभिल तथा Electromechanical equipment जडानको कार्य, टेलरेसको Concreting को कार्य, र  हेडरेस टनेलमा ७,१२६ मि. मध्ये ४५० मि.मात्र खन्ने कार्य बाँकी रहेको छ।

इलेक्ट्रोमेकानिकल कार्य तर्फ EOT Crane install गर्ने कार्य गर्न बाँकी, सो पश्चात Spiral Casing, Turbine / Generator जडान गर्ने कार्य बाँकि। Turbine Runnerको निर्माण भई inspectionको चरणमा रहेको छ । Generator Transformer, GIS (Gas Insulated Switchgear) को कार्य बाँकी ।२२० केभी सिंगल सर्किट ट्रान्समिसन लाइन कार्य एवं सब–स्टेशन कार्य तर्फ : ट्रान्समिसन लाइनको टावर निर्माणको लागि आवश्यक जग्गा प्राप्त गरी Erection को कार्य गर्न बाँकीः नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सब स्टेशनमा भोटेकोशी हबमा रहने GIS  र Bus bar को कार्य नेपाल विद्युत प्राधिकरणलाई सुम्पिइएको ।

पिपिए सम्झौता 

कम्पनीलेनिर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत खरीद विक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०६८।०७।२८ मा सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरिद वापत वर्षा याममा प्रति कि.वा. घण्टा रु.४।८० (चार रुपैया असी पैसा मात्र) र सुख्खा याममा प्रति कि.वा. घण्टा रु.८।४० (आठ रुपैया चालिस पैसा मात्र) विद्युत खरिद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तीय संस्था (कर्मचारी सञ्चयकोष) लाई बुझाउनेछ । साथै व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिकोमहिनादेखि लागुहुने गरी वर्षको ३ (तीन) प्रतिशतका दरले ८ (आठ) पटकसम्म मूल्यबृद्धि दिई निम्न तालिका अनुसार विद्युत उर्जा खरीद दर कायम गरिएको छ ।

थप विवरण 

आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक ः रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार

आयोजनाको लागत निर्माण अवधिको ब्याज सहित ः रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार

 आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ः ७.७० वर्ष

 आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ः १५.४८ वर्ष

क्रेडिट रेटिङ्ग सम्वन्धी विवरण ः

 निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको ब्यबस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ नेपाल लि. कमलादी, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति डिसेम्बर ०३, २०२० (मिति २०७७÷०८÷१८) गते  “[CARE-NP BB (Is) Double B (Issuer)]” प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations)भन्ने जनाउँदछ । सो ग्रेडिङ्ग को बैद्यता अबधि एक बर्ष रहने छ ।

केयर रेट्रिङ नेपाल लि. ले CARE-NP AAA (IS) देखि CARE-NP D (IS)  प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड CARE-NP AAA (IS)  ले बलियो आधार जनाउँदछ भने ग्रेड CARE-NP D (IS)  ले कमजोर आधारहरु जनाउँछ । “CARE-NP BBB(IS) देखि CARE-NP BB (IS)] ले औसत आधारहरु जनाउँदछ । ग्रेड CARE-NP B (IS), CARE-NP C (IS), CARE-NP D (IS) ले औषत भन्दा कम आधारहरु जनाउदछ ।

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved