युनिलिभर नेपालको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 08:16:01 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिलिभर नेपाल Unilever Nepal  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ११ गते भर्चुअल माध्यमबाट कम्पनीको २८ औ साधारणसभा गर्ने निर्णय गरेको हो  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: 

१. आ.ब. २०७७-७८ (१६ जुलाई २०२० देखि १५ जुलाई २०२१) को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण, आषाढ ३१,
२०७८ (१५ जुलाई २०२१) सम्मको संचालक समिति तथा लेखा परिक्षकका प्रतिवेदनहरु प्राप्त गरी पारित गर्ने ।

२. २०७८ साल श्रावण १ (१६ जुलाइ २०२१) देखि शुरु हुने वर्षको लागि नयाँ लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।

३. संचालक समितिको सिफारिस बमोजिम लाभांश स्वीकृति गर्ने ।

४. प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने ।

५. युनिलिभर नेपाल लिमिटेडको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने ।

६. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने ।

७. विविधः अध्यक्षको अनुमति अनुसार ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved