नेतृत्त्व बिहिन अवस्थामा सेयरबजार, कसरी हुँदैछ बोर्ड अध्यक्ष र नेप्से प्रमुखको नियुक्ति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2021 | 10:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट भिष्म ढुंगाना बर्खास्तमा परेसंगै सेयर बजार नेतृत्त्व बिहिन अवस्थामा पुगेको छ। सर्वोत्तम सेयर प्रकरणमा पदको दुरुपयोग गरेको पाईएपछि सरकारले ढुंगानालाई अर्थ मन्त्रालयको सिफारिसमा बर्खास्त गरेपछि बोर्ड नेतृत्त्व बिहिन अवस्थामा पुगेको हो। 

त्यस्तै सर्वोत्तम सेयर प्रकरणकै कारण चन्द्र सिंह साउदले नेप्सेको महाप्रबन्धक पदबाट राजिनामा दिएपछि नेप्से पनि नेतृत्त्व बिहिन अवस्थामा निमित्तको भरमा चलेको छ। नेप्सेमा महाप्रबन्धकको मात्रै नभई अध्यक्षको पद पनि खालि रहेको छ। 

धितोपत्र बोर्ड र नेप्से निमित्तको भरमा चल्दा दैनिक प्रशासनिक बाहेक महत्वपूर्ण र दिर्घकालिन असर राख्ने निर्णयहरु हुन सकेका छैनन्। जसले गर्दा सामान्य कामहरु समेत प्रभावित भएका छन्। साधारण सेयर, हकप्रद, सेयर निष्काशनबारे निर्णय लिने सामान्य काम समेत धितोपत्र बोर्डमा अड्किएको छ।  

कहिले कसरी हुँदैछ बोर्ड अध्यक्ष र नेप्से प्रमुखको नियुक्ति ?

रिक्त पदमा को आउँछ भन्ने आम चाँसोको बिषय बनेको छ। तर बल्ल बर्खास्तको निर्णय भएकाले रिक्द पदमा नियुक्तिको प्रकृयाको थालनी अब बल्ल सुरु हुने अर्थमन्त्रालयले जनाएको छ। 

अर्थ स्रोतका अनुसार ठाडो आदेशमा नभई प्रकृयाबाट नै रिक्द पदमा नियुक्ति हुनेछ। खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको महाप्रबन्धक चयन गरिने छ। 

आबेदन पश्चात नै सम्भावित पात्रहरुको बारेमा चर्चा हुनेछ। यद्दपी बजारमा धितोपत्र बोर्डको अध्यक्षका लागि बोर्डका निवर्तमान अध्यक्ष रेवत बहादुर कार्की, बीमा समितिका निवर्तमान अध्यक्ष चिरिन्जीवी चापागाईको नाम चर्चामा रहेको छ। नेप्सेको महाप्रबन्धक पदबाट राजिनामा दिएका चन्द्र सिंह साउदको नाम पनि बोर्ड अध्यक्षमा चर्चामा रहे पनि भिष्म ढुंगानाको बर्खास्तसंगै उनको सम्भावना टरेको विश्लेषण छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved