माछापुच्छ्रे बन्यो साधारणसभा बोलाउने पहिलो बैंक, मर्जर तथा प्राप्तिको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 08:06:53 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । बैंकले कार्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने भएको हो ।

बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  

त्यस्तै बैंकले सभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। 

कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् बैंकले साधारणसभाको लागि तय गरेको प्रस्ताव : 

क. सामान्य प्रस्ताव:

१. आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ।

३. आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरिक्षक एस.ए.मार, एसोसिएट्स कम्पनी ऐन, २०६३ को दफा १११ (३) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६४३) बमोजिम पुनः नियुक्ती हुन योग्य हुनुहुन्छ)

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम रु.६,३३.७१.१३२.०० (अर्थात चुक्ता पुँजीको ०.७० प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगब लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

५. संचालक समितिमा रिक्त रहेको संचालक पवमा संचालक समितिले साविक संचालकको बाँकी कार्यकालसम्मको लागि गरेको संचालकहरुको नियुक्ती अनुमोदन गर्ने ।

ख. विशेष प्रस्ताब:

१. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सैयरधनीहरुलाई रु. १,२०,४०,६१,०००.00 (अर्थात चुक्ता पूँजीको १३.३० प्रतिशत) बराबरको बोनस शेयर बितरण गर्न स्वीकृत गर्ने।

२. माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. निम्न विषयहरुका सम्बन्धमा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकाय (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आवि) ले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाब वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा यप/घट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,

क) बैंकको अधिकृत पूँजी बृद्धि गरी रु. १५,00,00,00,000/- (रु. पन्ध्र अरब) पुयाउने र विशेष प्रस्ताव नं.बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पुंजी तथा चुक्ता पूँजी बृद्धि गर्ने,

ख) संचालक समितिका अध्यक्ष र सदस्यको बैठक भत्ता बृद्धि गरी प्रति बैठक क्रमसः रु. २०,000/- र १७,000/-कायम गर्ने र मोबाईल, पत्र पत्रिका र इन्टरनेट खर्च बद्धि गरी प्रति सदस्य मासिक रु.१५,000/- कायम गर्ने, ग) संचालकहरुको लागि रु. १,२५,०००/- सम्मको औषधी उपचार बीमा गराईने,।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved