नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 10:35:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६५७४.१७ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य ७८८९ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  जस अनुसार कार्तिक १ गते सम्म कायम सेयरधनिहरुले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन्। 

कम्पनीले कार्तिक १६ गते भर्चुअल माध्यमबाट आफ्नो बार्षिक साधारणसभा गर्ने भएको हो। सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुमा वितरण हुने छ ।   

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्। त्यस्तै ऋण लिने प्रस्ताव पनि सभामा पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा  कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved