थप २ वटा कम्पनीले मागे हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 06:11:17 PM मा प्रकाशित

दुई वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएका छन् ।  नेपाल फाइनान्स लिमिटेड Nepal Finance  र अपि पावर कम्पनी Api Power Company  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै क्रमश कार्तिक १ गते र असोज २६ गते आवेदन दिएका हुन् ।

नेपाल फाइनान्सले हाल कायम चुक्ता पूँजी रु. ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ को ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग गरेको हो । प्रस्तावित १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।   शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

त्यस्तै अपि पावरले  १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्न अनुमति माग गरेको हो।  कम्पनीले अपर चमेलिया आयोजनाको लागि  १ बराबार ०.३९३६३३ अनुपातले हुन आउने १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केहि मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ। अपिले पहिल्यै ४ मेगावाटको चन्द्रपुर सोलार परियोजना संचालनमा ल्याईसकेको छ।अपिले थप ६२.५ मेगावाट बराबरको परियोजना आगामी बर्ष निर्माण सम्पन्नको तयारीमा छ। यसबाट कम्पनीले थप आम्दानी जुटाउन सक्ने छ।    



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved