कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 08:10:43 AM मा प्रकाशित

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को लाभांश सुरक्षित गर्ने आज कार्तिक ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन र तथा प्रस्तावित लाभांश पाउँन सक्ने भएका हुन् । 

बैंकले  कात्तिक २३ गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरि कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन।

सभामा गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत तथा चुक्तापुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन्। हाल कायम चुक्तापूँजीमा १८.५० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १४ करोड पुग्नेछ। हाल बैंकको चुक्तापुंजी २ अर्ब ६५ करोड १९ लाख रहेको छ। बैंकको साधारणसभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्ने छ।   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved