
सानिमा बैंक Sanima Bank Limited ले कार्तिक १४ गते १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारणसभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । तुक प्रसाद पौडेल र गायत्री थापा भने पुनः निर्वाचित भएका हुन् ।
आर्थिक बर्ष २०७७÷७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६०.७५ अर्ब, कुल निक्षेप १३०.८८ अर्ब तथा खुद कर्जा सापटी १२३.१७ अर्ब रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।