एनसीसी बैंकको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 01:37:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited को नाफा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो ।

बैंकको वितरणयोग्य नाफा ९३ करोड २७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.०९ रुपैयाँ छ ।

बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७९ करोड ५ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९३ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले कुल १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved