फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा आब्हान, कहिलेसम्म कायम सेयरधनीले पाउँछ लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 06:43:07 PM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो बार्षिक साधारणसभा आब्हान गरेको छ। लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको हो। 

साधारणसभा प्रयोजनार्थ लघुवित्तले मङ्सिर ५ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। मङ्सिर ४ गतेसम्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन। 

लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। 

यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved