नेप्सेको सीईओ बन्न नेप्से भित्र कै २ सहित ११ जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 05:16:47 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने आज अन्तिम दिनसम्ममा ११ जनाको आवेदन परेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ ।

आवेदन दिनेमा नेप्से कै २ उच्च अधिकारी रहेका छन् भने धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएका केहि आवेदकले नेप्सेको सीइओको लागि आवेदन दिएका छन् । नेप्सेको सीइओ बन्नको लागि नेप्से भित्र बाट नै आवेदन दिनेमा हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, र उपप्रबन्धक प्रविन पन्दाक रहेका छन् । त्यस्तै बोर्डको अध्यक्षको लागि आवेदन दिएका जीवन अमगाई र केशव कुमार श्रेष्ठले नेप्सेको सीइओको लगी पनि आवेदन दिएका छन् । अन्य आवेदकहरुमा बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, छवीराज पन्त र रमेश घिमिरे रहेका छन् ।

अब छनौट तथा सिफारिस समितिले यी मध्येबाट ३ जनाको नाम छनौट गरि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ भने मन्त्रिपरिषद्को बैठकले १ जनालाई सीइओ नियुक्त गर्ने छ ।   

नेप्सेको सीईओ हुनको लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ मा तोकिए बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन, विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी वा चार्टर्ड एकाउन्टेन्ट उपाधि वा सो सरहको उपाधि हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेको हुनु पर्ने ब्यबस्था छ ।

त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम तीस वर्ष पूरा भई साठी वर्ष उमेर ननाघेको र धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य नरहेको हुनु पर्ने ब्यबस्था छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved