शेयर अभौतिकीकरण गर्न साहस उर्जाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 11:23:14 AM मा प्रकाशित

laxmi sunrise bank

साहस उर्जा लिमिटेडले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलले शेयर अभौतिकीकरण गराउन बाँकि रहेका संस्थापक शेयरधनी र योजना प्रभावित स्थानीयलाई कम्पनीले शेयर अभौतिकीकरण गर्नको लागि आग्रह गरेको हो । 

कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत तथा दर्ता भई अभौतिक रूपमा कारोवार सुरू भैसकेकोले शेयर अभौतिकरण नगरेका कम्पनीका संस्थापक शेयरधनीहरू तथा आयोजना प्रभावित बासिन्दाका आधारमा साधारण शेयर प्राप्त गरेका शेयरधनीहरूलाई कम्पनीले शेयर अभौतिकीकरणको लागि अनुरोध गरेको हो । 

कम्पनीका संस्थापक शेयरधनीहरूले आफ्नो सम्बन्धित निक्षेप सदस्य (DP) मा सम्पर्क गरी Lock In Period सहितको DRN मार्फत् सहज तरिकाबाट अभौतिकीकरण गर्न सकिने कम्पनीले जनाएको छ । आयोजना प्रभावित बासिन्दाको आधारमा शेयर प्राप्त गर्ने शेयरधनीहरुको हकमा कम्पनीको शेयर रजिष्टार एनआइविएल एस क्यापिटल लि. को मुख्य कार्यालय लाजिम्पाट काठमाडौ वा शाखा कार्यालयहरू पुतलीसडक काठमाडौ, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर विरगंज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरमा सम्पर्क राखी आफ्नो हितग्राही खाता नं. अध्यावधिक गरिसके पश्चात् मात्र आफ्नो शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 उक्त कम्पनीको संस्थापक एवं आयोजना प्रभावित बासिन्दाको आधारमा शेयर प्राप्त गर्ने शेयरधनीहरूको Lock In Period मिति २०८१/०६/१६ (सन् २०२४/१०/०२) कायम गरी DRN उपलब्ध गरिदिन निक्षेप सदस्यहरूलाई कम्पनीले अनुरोध गरेको छ । सर्वसाधारण शेयरधनीहरुको शेयर भने अभौतिक रुप मै रहेको छ  ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved