मेरो माइक्रोफाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 08:45:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २४ गते शुक्रबार नुवाकोटको बट्टारमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।   कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब  रुपैयाँ रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

(क) सामान्य प्रस्तावहरू
१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२.लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।

३.लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री एस एण्ड एस एसोसियट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ ।

४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १.०५२६३१६ प्रतिशतले हुन आउने नगद लाभांश रू. १०५२६,३१६/- (अक्षेरेपी एक करोड पांच लाख छब्बीस हजार तीन सय सोह्र रुपैया मात्र ।), बोनस शेयरको कर प्रयोजनका लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने ।

५ संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निवौंचन गर्ने ।

(ख) विशेष प्रस्तावहरू
१.सञ्चालक समितिबाट पारित भएबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रू. २००,०००,०००/- (अक्षरेपी बीस करोड मात्र ।। बराबरको बोनस शेयर जारी गर्ने ।

२.वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) तथा नियमावलीको नियम ३२(१) (ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३.वित्तीय संस्थाले अन्य ईजाजतप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved