५ जीवन बीमा कम्पनीको ४ अर्बको आईपिओ आउँदै, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 09:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरु झन्डै ४ अर्ब  रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले ३ अर्ब ८२ करोड बराबरको आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् । ५ वटा कम्पनीले भने आईपिओ निष्काशन गरिसकेका छन् ।

हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

त्यस्तै रिलायबल नेपाल इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ । 

त्यस्तै सन नेपाल लाइफले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । यद्यपि कम्पनीले बोर्डमा आवेदन भने दिईसकेको छैन । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने छ । महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने छ । यस कम्पनीले पनि बोर्डमा आवेदन दिएको छैन । आईपिओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ । 

बोर्डमा आवेदन नदिएका कम्पनीले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने सम्भावना छ । यसो हुँदा निष्काशन हुने आईपिओ रकम बढ्ने छ, तर प्रिमियम थपेर निष्काशन हुने भएकोले कित्ता संख्या भने समान नै रहने छ । 

ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स,  रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले भने आईपिओ निष्काशन गरिसकेका छन् । ज्योतिले ६६ करोड बराबरको , युनियनले ६४ करोड ५० लाख बराबरको, प्रभुले ६० करोड बराबरको, रिलायन्सले ६३ करोड बराबरको र सानिमा लाइफले ६० करोड बराबरको आईपिओ निष्काशन गरेको हो । 

हेर्नुस आईपिओ निष्काशन गरिसकेका र गर्न बाँकि रहेका जीवन बीमा कम्पनीहरुको विवरण : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved