मेगाको साधारणसभा आह्वान, गाभ्ने गाभिनेदेखि वैदेशिक रणनैतिक साझेदार ल्याउनेसम्मको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 10:35:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २८ गते मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानमा सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.०७ प्रतिशत नगद लाभांश गरि कुल १२.०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल बैंकको चुक्ता पुंजी १४  अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश  लगानीकर्तामा बितरण हुने छ । 

बैंकले नया उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने , प्राप्ति गर्ने लगायतका निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने विशेष प्रस्ताव पनि सभामा लैजान  भएको छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् बैंकले साधारणसभामा  लैजाने प्रस्ताव : 

 सामान्य प्रस्ताव:

१. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७७/७८ पारित गर्ने ।

२. मेगा बैंक नेपाल लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको मिति २०७८ आषाढ ३१ गतेको एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात), मिति २०७७ श्रावण १ गते देखि मिति २०७८ आषाढ ३१ गतेसम्मको एकीकृत नाफा नोक्सान विवरण, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण, एकीकृत नगद प्रवाह विवरण, एकीकृत ईक्विटीमा भएको परिवर्तनको विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू, वित्तीय विवरणको अनुसूचीहरू र उद्घोषण तथा अतिरिक्त विवरणहरू सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरू (सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेड समेतको) उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रू. १४,६५,४९,६४.९५७/६० (अक्षेरूपी चौध अर्ब पैसष्टी करोड उननपचास लाख चौसष्ठी हजार नौ सय सन्ताउन्न रूपैयाँ साठी पैसा मात्र) को २.०७ प्रतिशतका दरले हुन आउने रकम रू. ३०,३३,५७,७७४६२ (अक्षेरुपी तीस करोड तेत्तीस लाख सन्ताउन्न हजार सात सय चौहत्तर रुपैयाँ बैसठ्ठी पैसा मात्र) नगद लाभांश स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बैंकको लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव:

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रू. १४,६५,४९,६४,९५७/६० (अक्षेरूपी चौध अर्ब पैसठ्ठी करोड उनन्पचास लाख चौसठ्ठी हजार नौ सय सन्ताउन्न रूपैयाँ साठी पैसा मात्र) को १० प्रतिशतले हुन आउने रकम रू. १,४६,५४,९६,४९५/७६ (अक्षेरुपी एक अर्ब छयालिस करोड चौवन्न लाख छयानब्बे हजार चार सय पन्चानब्बे रूपैयाँ छयहत्तर पैसा मात्र) बोनस शेयर जारी गर्न स्वीकृती प्रदान गर्ने र बोनस शेयर जारी गरे पश्चात कायम हुने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने ।

२. बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।

३. बैंकको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४. बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर/प्राप्ती समिति गठन गर्ने, उपयूक्त बैंक वा वित्तीय संस्थासंग समझदारी पत्र (Memorandum of Understanding) गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन (Due Diligence Audit) गर्न मान्यता प्राप्त (स्वदेशी वा विदेशी) मुल्याङ्कनकर्ता नियुक्ती गर्ने गराउने, मुल्याङ्कनकर्ताको पारिश्रमिक तोक्ने, शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गर्ने, गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

५. प्रचलित ऐन/कानूनको अधिनमा रही बैंकमा वैदेशिक रणनैतिक साझेदार ल्याउने प्रयोजनको लागि वैदेशिक रणनैतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved