एनआईसी एशिया क्यापिटलको नयाँ पीएमएस योजनामा लगानीकर्तालाई १०.२५ प्रतिशत प्रतिफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 07:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधिको लागि १०.२५ प्रतिशत प्रतिफल सहितको "INCOME GUARANTEED FUND" योजना सार्वजनिक गरेको छ । क्यापिटलले एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS) अन्तर्गत उच्च प्रतिफल सहितको Income Guaranteed Fund नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको हो ।

विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् ।

क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसंग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको उल्लेख गरेको छ। क्यापिटलका अनुसार योजनामा सहभागी हुनको लागि न्युनतम रु.१० लाख लगानीबाट सुरु गर्न सकिनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved