निफ्रा र मेरो माइक्रोफाईनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 08:06:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा र मेरो माइक्रोफाईनान्सको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ८ गते अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ८ गतेसम्म कायम लगानीकर्ताले मात्र सभामाभाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

निफ्राले मङ्सिर २९ गते अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २० अर्बको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

 यस्ता छन् बैंकले  सधारणसभामा छलफल तथा निर्णयका लागि निर्धारित गरेको विषयहरु :

(क) सामान्य प्रस्ताव

आर्थिक बर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको बासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने। कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७०/७१ को लागि वाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२०,००,00,00,000/- (रु. बीस अर्ब मात्र) को ०.४२% (शुन्य दशमलव चार दुई प्रतिशत) ले हुने रकम रु.८,४२,१०,५२७- (रु. आठ करोड बयालीस लाख दश हजार पाँच सय सत्ताइस रुपैया मात्र) कर प्रयोजननार्थ नगद लाभांस वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

विशेष प्रस्ताव
संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/७५ को वित्तीय विवरण अनुसार आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफा मध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु.२०,००,००,००,०००/- (रु. बीस अर्ब मात्र) को ८% (आठ प्रतिशत) ले हुने रु.१,६०,००,००,०००/- (रु. एक अर्ब साठी करोड मात्र) बराबरको बोनस शेयर प्रदान गर्न स्वीकृति प्रदान गर्ने।

 बैंकको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सो हदसम्म यस बैंकको जारी तथा चुक्ता पूँजी कायम हुने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने प्रस्ताव पारित गर्ने । प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरवदल/थपघट/संशोधन/परिमार्ज गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने।

सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरि २ जना संचालकको निर्वाचन गर्ने ।

त्यस्तै मेरो  माइक्रोफाइनान्स मङ्सिर २४ गते शुक्रबार नुवाकोटको बट्टारमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।   कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब  रुपैयाँ रहेको छ ।

 यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

(क) सामान्य प्रस्तावहरू
१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२.लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।

३.लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री एस एण्ड एस एसोसियट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ ।

४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १.०५२६३१६ प्रतिशतले हुन आउने नगद लाभांश रू. १०५२६,३१६/- (अक्षेरेपी एक करोड पांच लाख छब्बीस हजार तीन सय सोह्र रुपैया मात्र ।), बोनस शेयरको कर प्रयोजनका लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने ।

५ संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निवौंचन गर्ने ।

(ख) विशेष प्रस्तावहरू
१.सञ्चालक समितिबाट पारित भएबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रू. २००,०००,०००/- (अक्षरेपी बीस करोड मात्र ।। बराबरको बोनस शेयर जारी गर्ने ।

२.वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) तथा नियमावलीको नियम ३२(१) (ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३.वित्तीय संस्थाले अन्य ईजाजतप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved