२ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 08:21:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर ९ गते २ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि  मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेका बैंक अफ काठमांडू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited ले मङ्सिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।    साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।  

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले  मङ्सिर २८ गते मंगलार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव

१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वितीय विवरणहरू पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको ३.०६ प्रतिशत (प्रति शेयर रू.३.०६ (अक्षरेपी तीन रूपैयाँ ६ पैसा) का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

४. आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार वर्तमान लेखापरीक्षक एसआरपाण्डे एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्तिका लागि योग्य रहेको)

विशेष प्रस्ताव :

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत (प्रति १०० शेयरमा १० शेयर) का दरले बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।

२. बैंकको प्रबन्धपत्रको दफा ५ (क), (ख) र (ग) मा संशोधन स्वीकृत गर्ने ।

३. प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने । 

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै सभामा कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुने छ  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्तावः

१. बार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।

२. आर्थिक बर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित/स्वीकृत गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७१७८ को हिसावकिताव लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।

४. स्वतन्न सञ्चालक नियुक्तीको अनुमोदन गर्ने ।

विशेष प्रस्तावः

५. कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्तावको स्वीकृति प्रदान गर्ने ।

६. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६/७७ सम्मको संचित मूनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. २,४१,७०,५७,०२३/०० को १५ प्रतिशत (खूद) का दरले हुने रु. ३६,२५,५८,५५४/०० बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,८२,०२९/०० नगद लाभांश स्वीकृत गर्ने ।

७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चक्ता पंजी बद्धि गर्न स्वीकति प्रदान गर्ने ।

८. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

९. विशेष प्रस्ताव अन्तर्गत नं. ५, ७ र ८ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने।

१०. सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयनको सम्बन्धमा संस्थापक समुहबाट प्राप्त सञ्चालक मनोनयनको व्यहोरा सभामा जानकारी गराई पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved