निर्धन उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २९.५ प्रतिशतले हुन् आउने ५० करोड २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १ सय ५ रुपैयाँ नगद गरि कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६९ करोड ५० करोड रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।