महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 08:52:35 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर २२ गते आह्वान गरेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरे अनुसार मंसिर १५ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउने छन् । 

कम्पनीको कार्तिक २९ गतेको सञ्चालक समिति बैठकले मंसिर २२ गते बुधबार चौंथो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved