
नेपाल बैंक Nepal Bank Limited को लाभांश सुरक्षित गर्ने आज मङ्सिर २० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव हरु :
क. सामान्य प्रस्तावहरू :
१. आ.व. २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।
३. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु.१२,६३,६७,५८,६२४/- को ३ (तीन) प्रतिशतका दरले हुन आउने रु.३७,९१,०२,७५८/७२ (अक्षरूपी सैंतीस करोड एकानब्बे लाख दुई हजार सात सय अन्ठाउन्न रूपैयाँ र बहत्तर पैसा मात्र) नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
विशेष प्रस्ताव
१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु.१२,६३,६७,५८,६२४/- को १४ (चौध) प्रतिशतका दरले हुन आउने रु.१,७६,९१,४६,२०७/३६ (अक्षरूपी एक अर्ब छयहत्तर करोड एकानब्बे लाख छयालीस हजार दुई सय सात रूपैयाँ र छत्तीस पैसा मात्र) रकम बराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी रु.१४,४०,५९,०४,८३१/३० (अक्षरूपी चौध अर्ब चालीस करोड उनन्साठी लाख चार हजार आठ सय एकतीस रूपैयाँ र तीस पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने ।
२. बैंकको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।