प्रभु बैंकको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 10:21:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रभु बैंक Prabhu Bank Limited को लाभांश स्वीकृत गरेको छ। प्रभु बैंकका अनुसार राष्ट्र बैंकले मङ्सिर २१ गते लाभांश स्वीकृत गरेको हो। 

बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो  । 

बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । राष्ट्र बैंकले लाभांश स्वीकृति गरेसंगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved