घलेम्दी हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 10:16:55 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १६ गते बिहान ११ बजे काठमाडौँको नयाँ बजार स्थित सासा ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।  

कम्पनीको सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रवन्ध पत्र तथा नियमावली वमोजिम संस्थापक तर्फको संचालक समिति गठन गर्ने प्रस्तावहरु पेश हुने छन् ।  

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved