नेपाल पुनर्बीमा कम्पनीले साधारणसभा आह्वान , यस्ता छन् १० बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 09:10:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २२ गते बिहिबार कार्की ब्याक्वेटमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव:

१. आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिवाट प्रस्तावित हालको चुक्ता पूँजी रु. १०,००,००,००,०००/- (अक्षरेपी दश अर्ब) को २.५० (दुई दशमलव पाँच शून्य) प्रतिशतको दरले रु. २५,००,००,०००/- (अक्षरेपी पच्चिस करोड) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं.चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तिको लागि योग्य रहेको ।)

५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।

६ . नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू श्री दिप प्रकाश पाण्डे र श्री डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजी रु.१०,००,००,००,०००/- (दश अर्ब) को १६.५० (सोह दशमलव पाँच शून्य) प्रतिशतका दरले हुन आउने रु.१,६५,००,००,०००/-(एक अर्ब पैसठी करोड) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.११,६५,००,००,०००/- (एघार अर्ब पैसठी करोड) कायम हुने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६(२) र ६(३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने ।
कम्पनीले तल्काल जारी गर्ने शेयर पँजी रकम रु. ११६५०००००००/- (एघार अर्ब पैसठी करोड) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ११,६५,००,०००/- (एघार करोड पैसठी लाख) कित्ता शेयरमा विभाजित गरिनेछ।
दफा ६(३) : कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैसठी करोड) हुनेछ।

२. सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।

४. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved