यस्तो बन्यो सोल्टी होटेलको नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 10:48:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटेल लिमिटेडमा नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको मङ्सिर २८ मा सम्पन्न साधारणसभाले नयाँ संचालक समिति गठन गरेको हो 

कम्पनीको संचालक समितिमा संस्थागत शेयरधनीहरु मध्येबाट नियुक्त ५ जना र सर्वसाधारण शेयरधनीहरु मध्येवाट निर्विरोध निर्वाचित भएका ३ जना संचालक र १ जना स्वतन्त्र संचालक गरी ९ जना रहेको नयां संचालक समिति गठन भएको हो। जस अनुसार संस्थागत शेयरधनी सोल्टी ईन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका ४ जना संचालकमा  दिनेश बहादुर विष्ट,  रवि भक्त श्रेष्ठ, राजेश काजि श्रेष्ठ र जया राज्यलक्ष्मी शाह, तथा नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका १ जना संचालकमा गणेश बहादुर चन्द नियुक्त भएका छन् । दिनेश बहादुर विष्ट कम्पनीका कार्यकारी अध्यक्ष चयन भएका छन्  

त्यसैगरी कम्पनीका सर्बसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्न सर्बसाधारण शेयरधनीहरुको तर्फबाट निर्विरोध निर्वाचित  भएका ३ जना संचालकमा  शशीराज पाण्डे,  निरञ्जन कुमार टिवरेवाला र प्रकाश विक्रम खत्री रहेका छन् । त्यसैगरी, कम्पनीको ४७औं वार्षिक साधारण सभाले दीपक राज जोशी, मण्डिखाटार, काठमाण्डौंलाई सर्वसम्मतीबाट स्वतन्त्र संचालक चयन गरेको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved