ज्योति विकास बैंकको साधारणसभा आह्वान, अधिकृत पुँजी ८ अर्ब पुर्याउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 10:06:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २३ गते शुक्रबार नक्साल स्थित लिसारा रिसेप्सनमा सभा आह्वान गरेको हो  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्ताव: 

 १) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।

३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हालको लेखा परिक्षक टि.आर.उपाध्याय एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य रहेको छ।

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश जम्मा रु. १७,३०१७,०२५ (अक्षरेपी सत्र करोड तीस लाख सत्र हजार पच्चिस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने। 

विशेष प्रस्ताव 

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूजीको ११ प्रतिशतले हुन आउने जम्मा रु. ४२,२९,३०,५०६/ (अक्षरेपी बयालिस करोड उनन्तिस लाख तीस हजार पाँच सय छ मात्र) रकम बराबरको बोनश शेयर स्वीकत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । बोनस शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने ।

२. विकास बैंकको हाल कायम अधिकत पंजी रु. ५,००,०000000/- (पाँच अर्ब रुपैया मात्र) लाई बृद्धि गरी रु.८०००००००००/ (आठ अर्ब रुपैयाँ मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

३) यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सन्दर्भमा समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति (Assets) र दायित्व (Liabilities) मूल्याङ्कन (Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved