रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 10:34:04 AM मा प्रकाशित

laxmi  sunrise bank

 रसुवागढी हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते सोमबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको आ.ब. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.ब. २०७७/०७८ को आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आ.ब. ०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको चुक्ता पुँजी र संचित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे  तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved