बोटलर्स नेपालका दुबै कम्पनीको साधारणसभा आह्वान, दुबैले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 06:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल तराई लिमिटेड र बोटलर्स नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । बोटलर्स नेपाल तराईले पुस २८ गते बिहान ११ बजे होटेल र्याडिसनमा सभा आह्वान गरेको हो भने बोटलर्स नेपाल लिमिटेडले पनि सोहि दिन दिउँसो ४ बजे होटेल र्याडिसनमा सभा आह्वान गरेको हो।

दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गतेदेखि पुस २८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेका छन्। पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । दुवै कम्पनीले लाभांश प्रस्ताव गरेका छैनन् । 

बोटलर्स नेपाल तराईको सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७८ असार ३१ गते सम्मको वासलात, आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने र एक जना स्वतन्त्र संचालकको नियुक्ति गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै बोटलर्स नेपाल लिमिटेडको सभामा पनि आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०७८ असार ३१ गते सम्मको वासलात, आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने, संचालकको पारिश्रमिक तथा अन्य सुविधा उपर छलफल गरि पारित गर्ने, तथा एक जना स्वतन्त्र संचालक र एक जना सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको नियुक्ति गर्ने प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved