एकसाथ ३ वर्षको साधारणसभा गर्दै पन्चकन्या माई हाइड्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2021 | 11:38:58 AM मा प्रकाशित

laxmi  sunrise bank

पन्चकन्या माई हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो । 

कम्पनीले एकै पटक आ.व. २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को सभा गर्न लागेको हो । कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.व. २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७५/०७६,२०७६/०७७ र २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने , लेखापरिक्षण समितिको सिफारिस अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने ४ जना (महिला समेत) संचालकको निर्वाचन वा मनोनयन गर्ने प्रस्ताव पेश हुने छन्।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved