पुँजीबजारप्रति राष्ट्र बैंक सधै सकारात्मक छ, भारतको बजारसँग तुलना गर्न मिल्दैन: डा. श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 06:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आफु पुँजीबजार प्रति सधै सकारात्मक रहेको बताएको छ । राष्ट्र बैंकले आज आर्थिक पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा  राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंक पुँजीबजारप्रति सधै सकारात्मक रहेको बताएका हुन् । 

पुँजी निर्माणको लागि पुँजीबजार महत्वपूर्ण रहेकोले राष्ट्रबैंक यस प्रति सधै सकारात्मक रहेको बताएका हुन् । उनले नेपालको बजारलाई भारतको बजारसँग तुलना गर्न नमिल्ने पनि बताएका छन् । भारतको अर्थतन्त्रको आकार र भारतको शेयर बजारमा सुचिकृत कम्पनीहरुको प्रकृति फरक फरक भएकोले नेपालको बजारलाई भारतको बजारसँग तुलना गर्न नमिल्ने बताएका हुन्। 

उनले सिडी रेसियो ल्याएर बजारमा तरलताको समस्या नभएको बताए । धेरै अध्ययन र विश्लेषण गरेर सीसीडीको ठाउँमा सिडी ल्याईएको र सिडी नल्याएको भए अवस्था झन् खराब हुने पुष्टि भईसकेको उनले बताए । सिडी रेसियोको ब्यबस्था गरेर ठिक नीति ल्याईएछ भन्ने अहिले देखिएको उनको भनाई थियो । 

अहिलेको तरलताको अवस्था यस अघि पनि देखिएको र यसलाई मार्केट इकोनोमिको ट्रेड साइकलको रुपमा लिनु पर्ने उनले बताए । अहिलेको तरलताको समस्या हल गर्न राष्ट्र बैंकले विभिन्न कदम चालेको र यस अघिका वर्षमा जस्तै अहिले देखिएको समस्या पनि बिस्तारै हल हुदै जाने उनको भनाई थियो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved