आज यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 08:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १४ गते बुधबार ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो पुस । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

जस अनुसार आज समिट लघुवित्त, मन्जुश्री फाइनान्स, चिलिमे हाइड्रो ,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, र इन्फिनिटी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

समिट लघुवित्तले पुस २४ गते साधारणसभा आह्वान गरेको छ भने २५.२८५३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । मन्जुश्री फाइनान्सले पुस २५ गते साधारणसभा आह्वान गरेको छ भने ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोले पुस २३ गते साधारणसभा आह्वान गरेको छ भने ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  र इन्फिनिटी लघुवित्तले पुस २७ मा साधारणसभा आह्वान गरेको छ भने २७.७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved