आज बिहिबार शेयर कारोबार नहुने, १२ कम्पनीको लाभांश सुरक्षित गर्नको लागि थियो अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2021 | 08:56:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १५ गते बिहिबार शेयर कारोबार नहुने भएको छ । सरकारल आज तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले शेयर बजार बन्द रहने भएको हो ।  

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले देशभर नै विदा दिने निर्णय गरेको हो ।  सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने छ। सरकारले विदा दिएपछि बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द हुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन ।

आज विभिन्न १२ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन थियो। विदा नभएको भए आज लगानीकर्ताले लाभांश खाने वा नखाने निर्णय गरि ति शेयर आवश्यकता अनुसार खरीद बिक्रि गर्न सक्दथे । तर सार्वजनिक विदा भए संगै लगानीकर्ता त्यस अवसरबाट बन्चित भएका छन् । अब भने पुस १४ गतेसम्म कायम भएका लगानीकर्ताले यी कम्पनीको लाभांश पाउने छन्  ।

प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved