जोशी हाइड्रोद्वारा एक साथ ३ वर्षको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 12:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले एक साथ ३ आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ आर्थिक ७५/७६, ७६/७७ र ७७/७८ को साधारणसभा गर्न लागेको हो । 

कम्पनीले माघ ३ गते ल्याण्डमार्क हल दरबारमार्गमा सभा आह्वान गरेको हो । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.ब. २०७५/०७६, २०७६/०७७ र २०७७/७८ को
वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७५/०७६, २०७६/०७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी पारित गर्ने , आ.ब. २०७८/०७९ को लागि लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले लाभांश घोषणा गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved