६० अंकले बढ्यो नेप्से सूचक, एचडिएल र नबिल बैंकको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 03:15:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अंग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ६०.४१ अंकले बढेको छ आजको वृद्धिपछि नेप्से सूचक २५८४.९१ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २४० कम्पनीका ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबै भन्दा धेरै ४४ करोड ९४ लाख, नबिल बैंकको २९ करोड ७० लाख तथा शिवम् सिमेन्टको २३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह ३.५४ तथा विकास बैंक समुह ३.४२ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved