नेप्सेमा २ वाणिज्य बैंक सहित ६ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 08:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १९ गते सोमबार ६ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १९ मा बुक क्लोज गर्ने निर्णय गरेका हिमालयन बैंक, सेन्चुरी बैंक, कालिका पावर कम्पनी लिमिटेड, मिर्मिरे लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, र मिथिला लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।  

सेन्चुरी बैंकको ५.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २२६ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३९ रुपैयाँ थियो ।  

हिमालयन बैंकको २१.३८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९८.७५ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४८४ रुपैयाँ थियो ।  

कालिका पावरको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५०.४३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५१८ रुपैयाँ थियो ।  

मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२९५.८३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५५५ रुपैयाँ थियो ।  

मिथिला लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५६७.२० रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९५९ रुपैयाँ थियो ।  

प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३१.६८ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५४.९० रुपैयाँ थियो ।  

पुस १८ गतेसम्म  कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश  पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved