नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज २० गते २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेका सिभिल बैंक र रिलायन्स फाइनान्सको मूल्य समायोजन भएको हो ।
यी कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो । पुस १९ गतेसम कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सिभिल बैंकको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको शेयर मूल्य प्रति कित्ता २४५.७१ रुपैयाँ कायम भएको छ । त्यस्तै रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ ।
सिभिल बैंक Civil Bank Limited ले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।