'एनआईबिएल समृद्धि फण्ड १' को सूचीकरण खारेज, अन्तिम मूल्य १२ रुपैयाँ ४१ पैसा कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 04:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको 'एनआईबिएल समृद्धि फण्ड १' को सूचीकरण खारेज भएको छ । उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरेको हो ।

 ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार आज २०७८ पुस २२  गते भएको  छ । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले सार्वजनिक सूचना जारी गरेर इकाईधनीको पैसा फिर्ता गर्ने छ । 

यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved