हिमालयन क्यापिटलले ल्यायो अल्फा र सिग्मा नामक पीएमएस योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 01:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 हिमालयन क्यापिटलद्वारा लगानीकर्ताहरुलाई नयाँ वर्षको अवसरमा बिशिष्टकृत लगानी व्यवस्थापन सेवा “अल्फा” र “सिग्मा” नामको  लगानी व्यवस्थापन योजनाहरु ल्याएको हो । 

सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी सम्बन्धि बिभिन्न बिशिष्टकृत सेवाहरु प्रदान गरिरहेकोमा पुनश्चः नेपालको पुंजी बजारको एक नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन “सिग्मा” नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेकोक्यापिटलले जनाएको छ ।  

क्यापिटलका अनुसार हिमालयन “अल्फा” योजनामा क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ भने हिमालयन “सिग्मा” योजनामा क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ ।

सिर्जित प्रतिफलको बार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढि हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्ने क्यापिटलले जनाएको छ । हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु नपर्ने क्यापिटलले प्रष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved