आज १७ कम्पनीको साधारणसभा हुदै (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 08:43:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा सहित १७ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  । जसमा पनि पुस २९ गते र ३० गतेको लागि अधिकामाश साधारणसभा तय भएका छन्

आज चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेका हुन् 

नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि आज साधारणसभा गर्दै छ भने नेप्से कै साधारणसभा पनि आज रहेको छ 

जस मध्ये कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त,गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, र एनसीसी बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् 

कृषि विकास बैंकले, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त,गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, र एनसीसी बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश प्रस्ताव गरेको छ भने नेप्सेको पनि लाभांश प्रस्ताव रहेको छ 

कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved