धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन, ४ जना प्रतिस्पर्धी थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 05:35:11 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन परेको छ  । आवेदन दिने आज अन्तिम दिनसम्ममा १५ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ  । 

आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने , कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया , डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका छन्  । 

अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले पुस १५ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो । यस अघि अर्थ मन्त्रालयले समिति बनाएको र सो समितिमाथि कानुनी प्रश्न उठेपछि मन्त्रिपरिषद्को बैठकले अर्को समिति बनाएको थियो। हाल बनेको समितिमा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जनाएको छ । यस अघिको समितिमा विज्ञ सदस्यको रुपमा प्रा. डा. नारायण पौडेल रहेका थिए ।

समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि  योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ । 

 बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।

यस अघिको समितिले आवेदन आह्वान गर्दा बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल ,  अम्बिका लामिछाने र शेयर बजार विश्लेषकको रुपमा परिचित हेमन्त बस्यालको आवेदन परेकोथियो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकार बर्खास्त गरेपछि नयाँ अध्यक्ष नियुक्ति हुन लागेको हो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved