धौलागिरी लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2022 | 12:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा लघुवित्तको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

कम्पनीले सर्वसाधारणको लागि ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल कम्पनीको जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ । आर्थिक बर्ष २०७७।०७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु.५०।१२ भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा रु.६१।४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको कम्पनीले जनाएको छ ।


धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५÷११÷०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको छ  ।  संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ  रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved