जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 08:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। 

जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २ सय २० कित्ताको लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७ सय ९० जनाले मात्र पाउने भएकोले १० कित्त्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । 

कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved