१०५ अंकले बढ्यो नेप्से, अपि पावर र टेलिकमको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2022 | 03:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से १०५.५५ अंकले बढेको छ । आजको वृद्धिसंगै नेप्से सूचक २८८५.५३ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर खरीद बिक्रिबाट ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ ।

जस मध्ये अपि पावरको सबैभन्दा धेरै २६ करोड १५ लाख, नेपाल टेलिकमको २३ करोड ६२ लाख, एचआईडिसीएलको २३करोद् ३ लाख र अरुण भ्याली हाइड्रोको २१ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमा विकास बैंक समुह सबैभन्दा धेरै ६.५६ लगानी समुह ६.३६ र फाइनान्स समुह ६.३४ प्रतिशतले बढेको छ । आज विन लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा, र बुद्धभूमि हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये मैलुंग खोलाको शेयर मूल्य मात्र घटेको छ ।

सत्ता गठबन्धनको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई सुझाव दिएको समाचारको कारण बजारमा उत्साह आएको हो । शनिवार २ चरणमा बसेको सत्ता गठबन्धनको  बैठकले जेठ भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीयको मिति तोक्ने छ । निर्वाचन कति चरणमा गर्ने भन्ने विषय सरकारले आयोगसँग परामर्श गरेर टुंगो लगाउने छ । त्यस्तै यदि ऐन संशोधन गर्नु पर्ने भए सो को लागि पनि प्रक्रिया अगाडी बढाउन बैठकले सुझाव दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved