आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 04:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ११२औं बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 कम्पनीले हाल कायम चुक्ता पूँजी  एक अरब पन्ध्र करोड पचहत्तर लाख छयासी हजार रूपैयाको ७ प्रतिशतका दरले हुन आउने आठ करोड दश लाख एकतीस हजार बीस रूपैया बरावरको वोनस शेयर एवं उक्त वोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूंजीको ०.३७ प्रतिशतले हुन आउने रकम बयालीस लाख चौसठी हजार सात सय नब्बे रूपैया र त्रिपन्न पैसा नगद लाभांश सहित जम्मा ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved